काठमाडौं । हिजो १११ अंकले बढेर सकारात्मक सर्किट लागेर बजार बन्द हुने समय अगाबै बन्द भएको नेप्से आज भने घटेको छ । आज बजारमा करेक्सन भई नेप्से परिसुचक १५ दशलमव ४० अंकले घटेर १,९४८ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज ८१ कम्पनीको शेयर मुल्य बढेको छ भने १५७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको १४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, सामुदायिक लघुवित्त र दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव १५ प्रतिशतका दरले गुमाएका हुन् ।