IME Life New

‘ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह बढ्छ, शेयर बजारले पनि गति लिन्छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ। तरलता फालाफाल हुन थालेपछि नेपाल राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानिरहेको छ।

राष्ट्र बैंकका एक अधिकारीअनुसार अहिले बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँभन्दा बढी अधिक तरलता रहेको छ। ‘अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार विभिन्न उपकरण प्रयोग गर्दै प्रणालीबाट पैसा तानिरहेको छ’, ती अधिकारीले भने, ‘त्यही कारण अहिले अधिक तरलता साइजमा आएको छ। राष्ट्र बैंकले तानेको रकम फेरि परिपक्व भएपछि बैंकहरुको खातामा जान्छ।’

Esewa
Crest

त्यसैले बैंकहरुसँग पर्याप्त पैसा रहनु र ब्याजदर पनि घट्दै जानुले कर्जा प्रवाहले गति लिने ती अधिकारीले बताए। ‘कर्जा प्रवाहले गति लिन ब्याजदर एउटामात्रै फ्याक्टर नहोला, अर्थतन्त्रका अन्य सूचक र आर्थिक वातावरण सहज बन्दै गएमा कर्जा प्रवाह राम्रै गति लिन्छ’, ती अधिकारीले भने।

मंसिर २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५९ खर्ब ८८ अर्ब रुपैयाँ रहेको ती अधिकारीले जानकारी दिए। ‘यो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४९ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ’, ती अधिकारीले भने, ‘निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ। यसले पनि अर्थतन्त्र चलायमान हुने संकेत गर्छ।’

अर्थतन्त्र चलायमान भएसँगै शेयर बजारले पनि लय समात्ने ती अधिकारीले बताए। ‘चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा पनि राम्रै आएको छ, त्यसको पोजिटिभ रियाक्ट आइतबारको शेयर बजार देखाइसकेको छ’, ती अधिकारीले भने, ‘त्यसैले सबैतिर पोजेटिभ महौल बन्दै गएकोले शेयर बजारले पनि गति लिन सक्छ।’

मंसिर २४ गतेसम्म बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.८ प्रतिशतमा झरेको छ। यसले बैंकहरुसँग लगानी गर्ने पर्याप्त रकम रहेको प्रस्ट देखिन्छ।

अन्तरबैंक ब्याजदर भने मंसिर २२ गते बढेर १ प्रतिशत पुगेको छ। अघिल्लो दिन मंसिर २० गतेसम्म अन्तरबैंक ब्याजदर ०.९६ प्रतिशत थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS