काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले पुस २३ गते १५औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विहान ११ बजे सुर्य इभेन्ट, धुम्बाराही, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
सर्वसाधारण तर्फको सञ्चालक निर्वाचन पनि सभाले गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पनि सभाका लागि तय भएको छ । प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम शेयधरनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।