काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले पुस १७ गते, मंगलबार चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा बानेश्वर बैंक्वेट, काठमाडौंमा गर्ने भएको हो । सो सभा दिउँसो १ बजे शुरु हुनेछ।
सभाले सर्वसाधारण समूहको तर्फबाट १ जना र संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना गरी दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।