काठमाडौं । अकामा होटेल लिमिटेडले मंसिर २७ गते दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा कम्पनीको रजिष्ट्रर कार्यालयमा गर्ने जनाउको छ ।
साधारणसभामा आइपीओ निष्काशन गर्ने गर्ने प्रस्ताव सहित विविध प्रस्ताव अनुमोदन हुनेछ । सभाको अन्य प्रस्तावमा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, तत्सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने जनाएको छ ।
साथै, सभाले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारीश्रमीक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव रहेका छन्।
यस कम्पनीले काठमाडौंको धुम्बाराहीमा ४ तारे डिलक्स होटेलको रुपमा अकामा होटेल संचालन गरिरहेको छ ।