IME Life New

निप्स पोखरा च्याप्टरको ११औं साधारणसभा तथा ५औं अधिबेशन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी ,पोखरा च्याप्टरको ११औं बार्षिक साधारण सभा एवम् पाचौं अधिबेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले वद्रीनाथ पौडेलको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति चयन गरेको छ ।

बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरु बिच एक आपसमा बिचार अनुभव आदन प्रदान गर्ने , स्वच्छ मनोरञ्जनात्मक कार्यक्रम गर्ने, सर्वसाधरण बीमा सम्बन्धि जनचेतना अभिबृद्धि, सामाजिक कार्य गर्ने उदेश्यका साथ स्थापित बीमाकर्मीको साझा सस्थाले पोखराको कार्कि डाँडाँमा, बार्षिक साधरण सभा , अधिबेशन एवम् बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

Esewa
Crest

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशव दाहालले पोखरा च्याप्टरले बीमाकर्मिबिच बीमाको क्षेत्रमा उल्लेखनिय भुमिका खेल्दै आएको र सस्थासंग बीमा प्राधिकरण गण्डकी प्रदेशले समन्यवय भुमिकागर्दै आएको र आगामी दिनमा समेत बीमा क्षेत्रको बिकास,प्रर्वधन ,कर्मचारिको क्षमता बृर्दि बिकासमा सहकार्य गरि अगाडि बढ्ने साथै गुणात्मक ब्यवसाय, सिपयुक्त कर्मचारि निर्माणमा हातेमालो गर्ने बताए ।

निप्स पोखरा च्याप्टर का कार्यबाहक अध्यक्ष हरि प्रसाद श्रेष्ठ को अध्यक्षतमा सम्पन्न कार्यक्रममा निप्स पोखराको पुर्व अध्यक्षहरु सुनयना पालिखे, केशव राज ढकालले शुभकामना साथै निप्सपरिचय लगायत बिषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

कर्मचारिहरु बिच मनोरन्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल सर्वेयर एसोशियसनका केन्दिय उपाध्यक्ष ई देउकाजि गरुङ्ग, निशा गण्डकी प्रदेशका संयोजक सुरेन्द्र बहादुर गोदार ,नेपाल माइक्रो इन्स्योरेन्सका मार्केटिङ्ग हेड अमृत अधिकारीलगाएतका वक्ताहरूले निप्स पोखरा च्याप्टरले खेलेको भूमिकाको प्रशंसा गर्दै आआफ्नो धारणाा राखेका थिए ।

निप्स पोखरा च्याटरको आगामी कार्याकालको लागि एशियन लाईफ इन्स्योरेन्स क लिको गण्डकी प्रदेश प्रमुख बद्रीनाथ पौडेलको अध्यक्ष्यतामा सर्वसम्मत कार्यसमिति समेत चयन गरेको छ । ११ सदस्यीय कार्य समितमा उपाध्यक्षमा सुर्य बहादुर के.सि , सचिवमा छविलाल पौडेल कोषाध्यक्षमा शिव सुवेदि त्यसैगरि सदस्यहरुमा मनोज भारती,उमाकान्त बराल, टंकप्रसाद दाहाल, गणेश धमाला,सुरेश रेग्मी,राम्जी प्रसाद बराल,बिश्व राज पौडेल सर्वसम्मत चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष बद्रीनाथ पौडेलले निप्स पोखरा च्याप्टरले कर्मचारिको बृद्धि बिकासमा ,विभिन्न कार्यक्रम गरि अगाडि बढ्ने प्रतिज्ञा समेत ब्यक्त गरेका थिए । साधारण सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्वत पारित गरेको छ ।

निर्वाचन समितिका संयोजक निर्वाचन आयुक्त कविराज पौडेलले निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । कार्यकममा पोखरा क्षेत्रमा रहेका जीवन तथा निर्जिवन कम्पनीमा कार्यरत कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS