IME Life New

पुसका लागि ब्याजदर घटाउने पहिलो बैंक बन्यो एनआईसी एसिया, अन्यले के गर्लान् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले पुस महिनाका लागि ब्याजदर घटाएको छ। वाणिज्य बैंकहरुमा एनआईसी एसिया पुसका लागि ब्याजदर घटाएर सूचना प्रकाशित गर्ने पहिलो बैंक पनि बनेको छ।

एनआईसी एसियाले पुसमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.६७० प्रतिशत र संस्थागततर्फ ६.६७० प्रतिशत ब्याज दिने भएको हो। यो ब्याजदर २४ महिनादेखि १८० महिनासम्मको मुद्दति निक्षेपका लागि लागू हुने बैंकले जनाएको छ।

Esewa
Crest

मंसिरमा एनआईसी एसियाले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.९६८ प्रतिशत र संस्थागतमा ८.६७० प्रतिशत ब्याज दिइरहेको छ। बैंकले मंसिरको तुलनामा पुसमा ०.२९८ प्रतिशतको विन्दुले ब्याजदर घटाएको हो।

यसअघि मंसिरमा पनि मुद्दति निक्षेपको ब्याजदर एनआईसी एसियाले कात्तिकको तुलनामा २.०३५ प्रतिशतले घटाएको थियो। कात्तिकमा एनआईसी एसियाले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशतले दिएको थियो।

एनआईसी एसियाले सामान्य बचततर्फको ब्याजदर पनि घटाएको छ। बैंकले मंसिरमा सामान्य बचतमा अधिकतम ६.५८५ प्रतिशत ब्याज दिइरहेको छ। अब पुसमा भने यस्तो ब्याजदर ४.४५५ प्रतिशत हुने बैंकले जनाएको छ।

एनआईसी एसियाले ब्याजदर घटाएसँगै अब अन्य बैंकहरुलाई पनि ब्याजदर घटाउन दबाब पर्ने देखिन्छ। यसअघि पनि एनआईसी एसियाले सबैभन्दा पहिले मंसिरका लागि ब्याजदर घटाएर सूचना प्रकाशित गरेको थियो। यही दबाबबीच १३ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका थिए भने अन्यले स्थिर राखेका थिए।

मंसिरमा वाणिज्य बैंकहरुमध्ये केही व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.६०३ प्रतिशत र संस्थागतमा ८.६०३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

10%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS