IME Life New

आन्तरिक राजस्व विभागले भन्यो, ‘स्वदेशमै उत्पादित आलु र प्याजमा भ्याट लाग्दैन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजश्व विभागले स्वदेशमै उत्पादित आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ।

विभागले आज एक विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगीव्यवसायीले विगत ४ दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेका छन्।

Esewa
Crest

आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा भ्याट लाग्ने भन्ने विषयलाई लिएर आपूर्ति असहज बनाइएकोमा ध्यानाकर्षण भएको विभागले जनाएको छ। ‘स्वदेशी उत्पादन अभिवृद्धि गर्न भ्याटको व्यवस्था गरिएको हो, आन्तरिक उत्पादनको बिक्रीमा भ्याट लाग्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीतिअनुरुप नेपालमा उत्पादन भएका आलु र प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ।

चालु आर्थिक वर्षको बजेटमार्फत आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS