IME Life New

भारतले प्याज निर्यातमा फेरि लगायो प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ।

घरेलु बजारमा प्याजको माग पूरा गर्न र मूल्य नियन्त्रण गर्न भारतले प्याजको निर्यातमा फेरि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो प्रतिबन्ध सन् २०२४ को मार्च ३१ सम्म लागू रहने भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले जनाएको छ।

Esewa
Crest

भारतले ३ महिनाअघि यही डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको थियो। अब भने भारतले प्याज निर्यातमा पूर्ण रुपमा रोक लगाएको हो।

अन्य मुलुकका सरकारको आग्रहमा भारत सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने महानिर्देशनलायले जनाएको छ।

नेपाली बजारमा भारतीय प्याजको ठूलो हिस्सा रहेको छ। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको मूल्य झनै चर्किने जानकारहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS