IME Life New

त्रिभूवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद, दुबईबाट आएका थिए यात्रु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलोग्राम सुनसहित गोरखाका चन्द्र घले सहित दुईजनालाई नियन्त्रणमा लिएको छ। फ्लाई दुबईको जहाजबाट बिहीबार राति काठमाडौंमा अवतरण गरेका घलेलाई विमानस्थलबाट भन्सारका अधिकारीहरूले सुनसहित पक्राउ गरेका हुन् ।

घलेले सुनको प्लेट बनाएर शरीरमा कपडाभित्र लुकाएर ल्याएका थिए । उनी बुधबार नै फ्लाई दुबईको फ्लाइटबाट नेपाल आउन लागेको पूर्वसूचना पाएपछि भन्सारका अधिकारीले विमानस्थलमा निगरानी बढाएकोमा उनी बुधबार उडेनन् । घले बुधबार नआएपछि बिहीबारको दुबईबाट आउने उडानहरुमा पनि भन्सार अधिकारीहरुले  निरन्तर निगरानी गरेका थिए । फ्लाई दुबईको जहाज नम्बर एफजे ५७३ बाट ओर्लिएका घलेलाई भन्सार कर्मचारीले राती ११ः४० मा नियन्त्रणमा लिएका थिए।

Esewa
Crest

घलेले सोधपुछका क्रममा आफूले बोकेको सुन मिन बहादुर घले नामका अर्को व्यक्तिको भएको बयान दिएपछि प्रहरीको सहयोगमा धुम्बाराहीबाट मीन बहादुर घलेलाई समेत नियन्त्रणमा लिएको थियो ।

बरामद भएको सुन शुक्रबार ताैलिएर त्यसको गुणस्तर समेत परिक्षण गरिने भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS