IME Life New

समयमै बैंक ऋण किस्ता तिर्न नसकेपछि बतास इन्भेष्टमेण्टको रेटिङ खस्कियो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । व्यापारीक गृह बतास समूह अन्तर्गतको बतास इन्भेष्टमेण्टले समयमै बै‌ंक ऋण चुक्ता गर्न नसकेपछि रेटिङ एजेन्सी इक्रा नेपालले मूल्या‌ंकनमा अवन्नती गरिदिएको छ। इक्रा नेपालले दीर्घकालीन कर्जाको रेटिङ इक्राएनपि एलबी माइनसबाट इक्राएनपि एलडीमा र अल्पकालीन कर्जाको रेटिङ इक्रा एनपि एफोबाट इक्राएनपि डीमा अवन्नती गरिदिएको हो ।

बतास इन्भेष्टमेण्टले २ अर्ब ३४ करोड ४० लाख रुपैयाँ दीर्घकालीन कर्जा र १ करोड २० लाख अल्पकालीन कर्जाका लागि क्रेडिट रेटिङ गराएको थियो । इक्रा नेपालका अनुसार बतास इन्भेष्टमेण्टले हालैको महिनामा बै‌ंक ऋण वापतको किस्ता रकम ३० दिन ढिलो गरी भुक्तानी गरेको थियो। सवारी साधन खरिदकर्तालाई गरेको कर्जा लगानीवापतको रकम समयमै असुली हुन नसकेपछि बतास इन्भेष्टमेण्ट बै‌ंकको किस्तावापतको रकम समयमै भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको हो।

Crest

पछिल्लो समयमा निर्माण क्षेत्रमा मन्दीसँगै निर्माण सामाग्रीको ढुवानी र निर्माण स्थलमा हेभी इक्वीपमेण्ट (ठूला निर्माण उपकरण) को उपयोग समेत ह्वात्तै घटेकाले सवारीसाधनका लागि कर्जा लिनेले ब्याज समेत तिर्न नसक्ने अवस्था सिर्जना भएको छ। आफूले गरेको ऋण लगानीको साँवा र ब्याजवापतको नियमित किस्ता असुल उपर गर्न ढिलाई भएसँगै बतास इन्भेष्टमेण्टको नगद प्रवाहमा स‌ंकुचन आएको इक्रा नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

बतास समूहले बिक्री गर्दै आएको आयसर ब्राण्डको बस, मालवाहक सवारी साधन र क्याटरपिलर ब्राण्डको निर्माण उपकरण(डोजर, एक्साभेटर) खरिदकर्ता व्यवसायीलाई बतास इन्भेष्टमेण्टले हायरपर्चेज कर्जा उपलब्ध गराउँदै आएको छ।

बतास इन्भेष्टमेण्टले गत आवमा ९६ करोड ३० लाख रुपैयाँ लगानी गरेको भएपनि ९० दिनभन्दा माथिको व्यतित कर्जा दर अघिल्लो आव २०७८।७९ को १५ प्रतिशतबाट बढेर १९ प्रतिशत पुगेको छ। गत आवमा लगानी गरिएको रकम आव २०७९।८० सम्मको कूल बाँकी कर्जा रकमको ५२ प्रतिशत हो । कर्जाको साँवा ब्याज समयमै असुल उपर हुन नसकेपछि यसको खराब कर्जा दर पनि अघिल्लो आवको ५‍.७ प्रतिशतबाट बढेर ८‍‍.७ प्रतिशत पुगेको छ। समयमै कर्जा रकम भुक्तानी गर्न नसक्ने ऋणीको स‌ंख्या बढ्दै जाँदा यसको लगानी प्रोफाइल र नगद प्रवाहमा पनि नकारात्मक दबाब परिरहेको छ।

यो कम्पनीको खुद ब्याज अन्तर ४‍.७ प्रतिशतमा सीमित रह्यो । कर्जा व्यवस्था वापतको खर्चमा वृद्धिका कारण गत आवमा यसले घाटा व्यहोर्नु परेको छ। साथै व्यापार वृद्धिका लागि गत आवमा लिइएको बै‌ंक ऋणका कारण गत असार मसान्तसम्ममा चुक्ता पूँजीको तुलनामा ऋण रकम ४‍.७ गुणा पुगेको थियो।

इक्रा नेपालले टिप्पणीमा उल्लेख गरेको छ,खराब कर्जा असुली गर्ने र खराब कर्जा वृद्धिदरलाई नियन्त्रण गर्न सक्ने बतास इन्भेष्टमेण्टको क्षमताले भावी दिनमा यसको वित्तीय स्थित अझै खस्किनबाट जोगाउन सक्नेछ।

अघिल्लो रेटिङका क्रममा अधिका‌ंश कर्जाको साँवा ब्याज किस्ता भुक्तानी ढिलाई ३० दिनको भएकोमा यसपटक ३० दिनभन्दा माथिको ढिलाई भएका ऋणहरुको सूची लम्बिएको इक्रा नेपालले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS