IME Life New

एनसेलको शेयर खरिदबिक्रीको अभिलेखीकरण नगर्न उच्च अदालतको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर खरिदविक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न बिहीबार आदेश दिएको छ।

उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले विपक्षी बनाइएको कम्पनी रजिस्ट्रारको कार्यालयको नाममा शेयरको अभिलेखीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा उच्च अदालतबाट जारी आदेशमा एनसेलको शेयर खरिदबिक्री भएको भए पनि त्यस्तो खरिदबिक्रीको अभिलेखीकरण र शेयर नामसारी नगर्न भनिएको छ।

Esewa
Crest

यसअघि यिनै निवेदक रोकायाले दायर गरेको एनसेलको शेयर बिक्रीसम्बन्धी रिटमा अदालतले आगामी मंसिर २५ गतेका लागि अन्तरिम आदेश छलफलका लागि बोलाएको थियो। यस रिटमा पनि मंसिर २५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशको निरन्तरताका लागि छलफलमा बोलाएको छ।

यो आदेशसँगै एनसेलको बिक्री भइसकेको शेयर तत्कालै नामसारी नहुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS