IME Life New

बजार बढ्दा १७५ कम्पनीको शेयरभाउमा बढोत्तरी, पौने ३ अर्ब बढीको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ को विन्दुमा बन्द भएको छ । बजार बढ्दा आज १७५ कम्पनीको शेयरभाउ बढेको छ भने ५७ वटाको घटेको छ। ८ वटाको स्थिर रहेको छ।

आज बजारमा पौने ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। २९९ सूचीकृत कम्पनीका ९५ लाख ५ हजार ६०८ कित्ता शेयर २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३.९५ रुपैयाँमा किनबेच भएका छन्।

Esewa
Crest

यो दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेको छ भने व्यापार समूहमात्रै घटेको छ। आज निर्जीवन बीमा समूह सर्वाधिक २.११ प्रतिशतले बढेको छ।

बढेको बजारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ। यो शेयरको ८६ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज त्रिशूली जलविद्युत कम्पनीका शेयरहरु मालामाल भए। यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त र सिवाईसी नेपाल लघुवित्तका शेयरधनीहरु पनि धेरै कमाए। यी दुवै लघुवित्तको शेयरभाउ १० प्रतिशतको हाराहारीमा उकालो लागेको छ।

आज ग्लोबल आइएमई लघुवित्तका शेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको शेयरभाउ ८ प्रतिशतको हाराहारीमा घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS