IME Life New

गाउँ-गाउँमा पुगेर नागरिकको विश्वास बढ्ने गरी बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सहरी क्षेत्रमा मात्र केन्द्रित नभई गाउँ-गाउँमा पुगेर नागरिकको विश्वास बढ्ने गरी बीमा व्यवसाय गर्न बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

प्राधिकरणको आयोजनामा मंगलबार रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरुसँग बीमासम्बन्धी समयसामयिक विषयमा अन्तर्क्रिया एवं छलफल अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन्। उनले स्थानीय तहसँग नियमित रूपमा सम्पर्कमा रही काम गर्न, कानुन, नियम र निर्देशिकाले निषेध गरेका कार्य नगर्न र नागरिकलाई गुणस्तरीय सेवा दिन पनि निर्देशन दिए।

Esewa
Crest

अध्यक्ष सिलवालले ग्रामीण क्षेत्रका बासिन्दाका घर–घरमा गएर बीमा सेवा दिन, डिजिटल माध्यमबाट व्यवसाय गर्न र स्थानीय आवश्यकताका आधारमा लघुबीमालेख ल्याउन लघुबीमा कम्पनीहरुलाई निर्देशन दिए।

कार्यक्रममा सहभागीहरुले बीमासम्बन्धी जानकारीमूलक कार्यक्रमहरु वडा वडामा समेत गर्नुपर्ने, विद्यालयका पाठ्क्रममा बीमा विषयलाई समेत समावेश गर्नुपर्ने, घर निर्माण गर्दा नै बीमा गर्ने व्यवस्था गर्नुपर्ने, कृषि प्राविधिकको पर्याप्त व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए।

कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्णबहादुर थापा तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रदेश कार्यालय प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS