IME Life New

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड मंगलबार, १२ लाख बढीको हात खाली हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आइपीओ मंगलबार बाँडफाँड हुने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलको कार्यालयमा मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड हुनेछ। आइपीओ बाँडफाँड समय भने भोलिमात्रै तय हुने क्यापिटलका एक अधिकारी जानकारी दिए।

Esewa
Crest

सीडीएससीका अनुसार निष्कासनको अन्तिम दिनसम्म मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा १३ लाख २२ हजार ९५४ आवेदकबाट १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ अर्थात १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि खरिद आवेदन परेको थियो। जुन आवेदन मागभन्दा १२.४० गुणाले बढी हो।

अहिले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। जसअनुसार ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको थियो।

मागभन्दा बढी आवदेन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। यस हिसाबले यो आइपीओमा १२ लाख बढी आवेदकको हात खाली हुने प्रारम्भिक अनुमान गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS