IME Life New

नेप्सेमा ७.२९ अंकको गिरावट, १ अर्ब मुनिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ। आज १ अर्ब रुपैयाँ मुनिको कारोबार भएको छ।

नेप्से आज ७.२९ अंकले घटेर १८५१.२३ मा बन्द भएको छ। बजार घट्दा ९४ कम्पनीको शेयरभाउ बढेको छ भने १३६ वटाको घटेको छ। १० वटा कम्पनीको शेयर भने स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्सेमा सूचीकृतमध्ये २९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर ९६ करोड ४० लाख १० हजार ४३१.२७ रुपैयाँमा किनबेच भएका छन्। आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ६ करोड ९५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। यस्तै, हाथवे इन्भेस्टमेन्टको पनि ३ कराड १५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

बजार घट्दा पनि थ्रीस्टार हाइड्रोपावर र सबैको लघुवित्तका शेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ। आज माउन्टेन इनर्जी, युनिइटेड इदी मर्दी र एनआरएन इन्फ्रास्ट्रक्चरका शेयरधनीहरुले धेरै गुमाए। यी सबै कम्पनीको शेयरमूल्य १० प्रतिशतको हाराहारीमा घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS