IME Life New

बीमा कम्पनीका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन)ले मंसिर १५ र १६ गते नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको पहलमा मधेश प्रदेशभित्रका सम्पूर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने ‘एड्भान्स ट्रेनिङ अन अन्डरराइटिङ’ विषयक तालिम पर्साको वीरगन्जमा सम्पन्न गरेको छ।

तालिमको उद्घटन नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेका थिए। जीवन बीमा अन्डरराइटिङ तालिमको पहिलो दिन श्रोतव्यक्तिका रुपमा राजीव गुर्वाचार्यले मेडिकल अन्डरराइटिङसम्बन्धी र दोस्रो दिन दिग्विजय सिंगलले फाइनान्सियल अन्डरराइटिसम्बन्धी विषयमा प्रस्तुतीकरण दिएका थिए।

Esewa
Crest

जीवन बीमा अन्डरराइटिङ तालिममा विभिन्न कम्पनीबाट जम्मा ४४ जनाको सहभागिता थियो।

निर्जीवन बीमा अन्डरराइटिङ तालिमको श्रोतव्यक्तिका रुपमा पहिलो दिन बिके महर्जनले इन्जिनियरिङ बीमाको अन्डरराइटिङ विषयमा र दोस्रो दिन सुद्युम्नप्रसाद उपाध्यायले सम्पत्ति बीमाको अन्डरराइटिङसम्बन्धी विषयमा प्रस्तुतीकरण दिएका थिए। तालिममा सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुबाट जम्मा ४२ जनाको सहभागिता थियो।

तालिमको अन्तिम दिन सहभागीबाट तालिम फलदायी भएको र आगामी दिनहरुमा समेत थप तालिमहरुको आवश्यकता रहेको प्रतिक्रिया प्राप्त भएको थियो।

समापन समारोहमा सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले भविष्यमा आवश्यकताअनुसार आईआईएनमार्फत कर्मचारीको क्षमता अभिवृद्धि गर्न विभिन्नर तालिमको व्यवस्था गर्ने धारणा व्यक्त गर्दै सहभागीलाई नियम परिधिभित्र रही बीमा व्यवसाय गर्न निर्देशन दिई कार्यक्रम समापन भएको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS