IME Life New

नेपाल हाइड्रोको लाभांश घोषणा, डाक्यो वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल हाइड्रो डेभलोपरले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर १५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी ३३ करोड ५९ लाख २६ हजार ६०० रुपैयाँको कुल ७.३७ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश रहेको छ।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले सत्रौँ वार्षिक साधारणसभा आउँदो पुस १२ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पूजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु स्वीकृति गर्नेछ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि यही मंसिर २५ गते बुक क्लोज गर्ने निर्णय गरेको। यसको मतलब मंसिर २४ गतेसम्म कायम सेयरधनीले मात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन र लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS