IME Life New

नेपालमै टायल्स उत्पादन गर्ने पहिलो कम्पनी नेपोभिट टायल्स उद्योगमा भीषण आगलागी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाराको जीतपुरस्थित नेपोभिट टायल्स उद्योगमा आइतबार भीषण आगलागी भएको छ। विशेष प्रकारको माटोबाट टायल्स उत्पादन गर्ने नेपालको पहिलो टायल्स उद्योग परिसरमा एक्साभेटर चलाउने क्रममा उच्च भोल्टको नाङगो तार छोइँदा सर्ट सर्किट भएर एक्कासी आगलागी भएको हो ।

आगलागीका कारण उद्योग पूर्ण क्षतिग्रस्त भएको छ। धनमालको ठूलो क्षति भएको अनुमान गरिएको छ। वीरगञ्ज महानगरपालिका र आसपासबाट ल्याइएको वारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ।

Esewa
Crest

आगलागीका कारण उद्योगको गोदामभित्र भण्डारण गरिएको कच्चा पदार्थ, टायल प्याकिङ प्लाण्ट, कटिङ प्लाण्ट र कार्टुन जलेर नष्ट भएका छन् । करिब तीन सय मजदुर कार्यरत यो उद्योग एक वर्ष अघि मात्र सञ्चालनमा आएको हो । करिब दुई अर्ब रुपैयाँ लगानीमा स्थापना गरिएको यो उद्योगसँग दैनिक ३४ हजार टायल्स उत्पादन क्षमता छ।

नेपोभिट टायल्सले भारतीय र चिनियाँ टायल्सलाई चुनाैती दि‌ंदै नेपालमै टायल्स उत्पादन शुरू गरेपछि दुई ठूला भारतीय कम्पनी कजरिया टायल्स र सोमानी टायल्सले समेत नेपालमै टायल्स उत्पादनका लागि लगानी गरेका हुन् ।

यसैबीच बाराको कोल्हवी नगरपालिकाको फार्ममा भण्डारण गरिएको परालमा राति एक्कासी आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि नगरपालिकाको वारुण यन्त्र तथा स्थानीय बासिन्दाको सहयोग लिइएको छ।

मधेश प्रदेशको लहानमा अवस्थित एक व्यापारिक प्रतिष्ठानको गोदाममा पनि आइतबार दिउँसो भीषण आगलागी भएको छ। स्थानीय नेपाल साइकल स्टोरको पसल र गोदाममा भीषण आगलागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS