IME Life New

नियम मिच्ने नेपाल लाइफसहित ८८ कम्पनीमाथि धितोपत्र बोर्डको एक्सन, रु. १ लाखसम्म जरिवाना (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नियम मिच्ने नेपाल लाइफ इन्स्योरेन्ससहित ८८ वटा सूचीकृत कम्पनीलाई कारबाही गरेको छ।

धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका ती कम्पनीलाई नगद जरिवानासहितको कारबाही गरेको हो। धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका ती कम्पनीहरुलाई गत कात्तिक २० गते पत्र काट्दै १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। कम्पनीहरुबाट चित्तबुझ्दो जबाफ नआएपछि कारबाहीस्वरुप ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद जरिवाना गरिएको धितोपत्र बोर्डका एक उच्च अधिकारीले जानकारी दिए।

Esewa
Crest

धितोपत्र बोर्डले ६९ कम्पनीलाई ढिला वित्तीय विवरण बुझाएकोमा जनही ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने जनही १ लाख रुपैयाँका दरले जरिवाना गरिएको छ।

कारबाहीमा पर्ने अधिकांश कम्पनी लघुवित्त र जलविद्युत समूहका छन्। केही अरु समूहका कम्पनीहरु पनि कारबाहीमा परेका छन्।

धितोपत्र बोर्डको पहिलोपटक यति ठूलो संख्यामा कम्पनीहरुलाई कारबाही गरिएको हो। ‘अब नियमअनुसार समयमै वित्तीय विवरण नबुझाउने कम्पनीहरुमाथि कारबाही हुन्छ’, ती अधिकारीले भने।

123

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS