IME Life New

बेलायत जान अन्तर्वार्ताका लागि ७१ नर्स छनोट (नामावलीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बेलायत जान ७१ जना नेपाली नर्सको नाम अन्तर्वार्ताका लागि छनोट गरी सार्वजनिक गरेको छ।

वैदेशिक रोजगार विभागले अनलाइन फाराम भरेकामध्ये अन्तार्वार्ताका लागि छनोट भएका ७१ जना नर्सको नाम सार्वजनिक गरेको हो। बेलायतमा नेपाली नर्सलाई रोजगारीका लागि नेपाल र बेलायत सरकारबीच गत भदौमा द्विपक्षी श्रम सम्झौता भएको थियो।

Esewa
Crest

सम्झौताबमोजिम श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्स बेलायत पठाउने प्रक्रिया अगाडि बढाएको थियो। त्यहीअनुसार नर्सका लागि अनलाइन आवेदन आह्वान गरिएको थियो। तीमध्ये ७१ जनामात्र अन्तर्वार्ताका लागि विभागले छनोट गरेको हो।

छनोटमा परेका नर्सहरुलाई अन्तार्वार्ताका लागि डिसेम्बर ४ देखि ७ तारिखसम्म बोलाइएको छ। अन्तर्वार्तापछि बेलायतमा रोजगारीका लागि जाने नसहरुको अन्तिम नामावली विभागले सार्वजनिक गर्नेछ।

Scan_20231126_compressed

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS