IME Life New

सर्वोत्तम सिमेन्टको पहिलो चरणको आईपीओमा परेको बोलपत्र खोलियो, ३६ लाख बढी कित्ता माग, कट अफ प्राइस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पहिलोपटक बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्ट पहिलो चरणमा बिक्री खुला गरेको आईपीओमा ३६ लाख बढी कित्ताका लागि आवेदन परेको छ।

पहिलो चरणमा सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ योग्य संस्थागत लगानीकर्ताले पेस गरेको बोलपत्र सोमबार बिहान नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा खोलिएको छ। नेप्सेका सीईओ कृष्णबहादुर कार्की र सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको उपस्थितिमा बोलपत्र खोलिएको थियो।

Esewa
Crest

गत मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म बिक्री खुला गरिएको सर्वोत्तम सिमेन्टको आईपीओमा ४१ वटा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए। उनीहरुका लागि २४ लाख कित्ता शेयर बिक्री खुला गरिएकोमा कुल ३६ लाख १९ हजार १९० कित्ताका लागि आवेदन परेको नेप्सेका एक अधिकारीले जानकारी दिए।

कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि प्रतिकित्ता न्यूनतम ४०१ रुपैयाँदेखि अधिकतममा ६०१.५० रुपैयाँसम्म तोकेको थियो। यो आईपीओमा कुमारी क्यापिटल र कुमारी क्यापिटलले सञ्चालन गरेका २ वटा म्युचुअल फन्डले सबैभन्दा बढी प्रतिकित्ता ४०६ रुपैयाँमा बोलपत्र पेस गरेका छन्। नागरिक लगानी कोषले पनि प्रतिकित्ता ४०५ रुपैयाँमा बोलपत्र पेस गरेको छ । ‘अन्य अधिकांशले प्रतिकित्ता ४०१ रुपैयाँमा बोलपत्र पेस गरेका छन्’, नेप्से स्रोतले भन्यो, ‘त्यसैले सर्वोत्तम सिमेन्ट आईपीओमा प्रतिकित्ता ४०१ रुपैयाँ कट अफ प्राइस हुन सक्छ। प्रतिकित्ता ४०१ रुपैयाँ कट अफ मूल्य कायम भए सर्वसाधारणले ३६१ रुपैयाँमा शेयर पाउनेछन्।’

बुक बिल्डिङमार्फत आईपीओ बिक्री खुला गर्दा सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई शेयर निष्काशन गर्नुपर्ने व्यवस्था रहेको छ।

यो विधिमा सर्वसाधारणलाई निष्कासन गरिने शेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनुपर्ने व्यवस्था छ। सोहीअनुसार सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको हो।

कम्पनीले कुल ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको छ। अब बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि कम्पनीले जारी गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS