काठमाडौं । नेपालमै पहिलोपटक राष्ट्रिय उपकुलपति सम्मेलन सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयका कुलपति, प्रधानमन्त्री डा.पुष्पकमल दाहालको समुपस्थितिमा भएको यस सम्मेलनमा नेपालको शिक्षा क्षेत्रसँग आबद्ध शिक्षासेवीहरूको जमघट भएको थियो। यस सम्मेलनमा राष्ट्रिय उच्च शिक्षाका प्राज्ञिक एवं नीतिगत तहबाट अन्तर्दृष्टि, विचार तथा सुझावहरू सङ्कलन र आदान प्रदान भएको छ । शिक्षाको अन्तर्राष्ट्रियकरणबाट प्राप्त अवसरको पहिचान तथा सदुपयोग गर्न नेपालको उच्च शिक्षामा प्रगतिशील सुधारका लागिमार्ग प्रशस्त गर्न यसलेसघाउ पुर्याउनेछ त्यसैले यस सम्मेलनको उद्देश्य नै ‘उच्चशिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’राख्नु रहेको छ ।
सम्मेलन एक दिवसीयरहेको र यस सम्मेलनमा उद्घाटन र समापन सत्र बाहेक चारवटा विषयगत प्रस्तुति रहको थियो । यस सम्मेलनमा प्राज्ञिक तथा नीतिगत तहमा नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वको सहभागिता रहेको छ । त्यसैले यस सम्मेलनले नेपालको उच्चशिक्षाको अन्तर्राष्ट्रियकरण सम्बन्धी राष्ट्रिय साझाधारणा निर्माण गर्न विशेष महत्त्व राख्ने अपेक्षारहेको करा काठमाडौँ विश्व विद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले बताए ।
काठमाडौँ विश्वविद्यालयमा यही २०८० सालको फागुन ३ र ४ गते अर्थात् सन् २०२४ को फेब्रुअरी १५ र १६ तारिखमा vdfAIU North Zone Vice Chancellors’ Meet, 2024 को आयोजना गरिँदैछ । त्यस सम्मेलनमाभारत लगायतविभिन्न देशका २ सय ५० वटा विश्व विद्यालयका उपकुलपतिहरूको समुपस्थिति रहनेछ । त्यो बृहत् सम्मेलनको पूर्वतयारीका रूपमा पनि आजको सम्मेलनलाई लिन सकिन्छ । त्यो बृहत् सम्मेलनका लागि नेपालका सम्पूर्ण विश्वविद्यालयका तर्फबाट देशको शिक्षाको क्षेत्रीयकरण तथा अन्तर्राष्ट्रियकरणका सम्बन्धमा साझाधारणा निर्माण गर्ने दिशामा आजको राष्ट्रिय उपकुलपति सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
एसोसिएसन अफ इन्डियन युनिभर्सिटीज नर्थ जोनको आगामी फेब्रुअरीमा हुने उक्त सम्मेलनको मूल विषयवस्तु ‘ग्लोबलाइजेसन एन्ड इन्टरनेसनलाइजेसन अफहायर एजुकेसन’ रहनेछ । त्यस सम्मेलनमा अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीका क्षेत्र, विश्वव्यापी उच्च शिक्षा नीति तथा नियमनका मापदण्डहरूमा एकरूपता, विद्यार्थी आवागमन तथा विविधता जस्ता विषयमा नेपालको अवस्थिति तथा आधिकारिक धारणा प्रस्तुत गरिनेछ । त्यहाँ नेपालका तर्फबाट प्रस्तुत गर्नुपर्ने साझा आधिकारिक धारणाका लागिआजको सम्मेलन फलदायी हुनेछ ।
उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री सालिकराम जम्कट्टेल, शिक्षा राज्य मन्त्री प्रमिला कुमारी, विभिन्न विश्वविद्यालयका उपकुलपति, रेक्टर,रजिस्ट्रार, डिन, विभागीयप्रमुख, प्राध्यापक, शिक्षासेवी, अन्यविद्वत् समुदायहरुको उपस्थिति रहेको थियो ।