IME Life New

नेपाल वेयरहाउजिङ्गको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले विक्री गरेको आइपीओ हिजो बिहीवार मंसिर ७ गते बाँडफाँड गरेको हो । यसमा गोलाप्रथामार्फत १३ हजार ७५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

कम्पनीले कात्तिक १० गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता शेयरमध्ये पहिलो चरणमा १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरेको थियो ।

Esewa
Crest

कम्पनीले दोस्रो चरणमा मंसिर १० गते अर्थात आइतबारदेखि सर्वसाधारणलाई आइपीओ निष्काशन गर्दैछ । कम्पनीले २७ हजार ५०० कित्ता शेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता शेयर म्युचुअल फण्डहरुलाई छुट्याएर बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS