IME Life
GBIME

नेप्सेमा करिब १० अंकको वृद्धि हुँदा १६१ कम्पनीको मूल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो दोहोरो अंकले घटेको बजारमा आज भने करिब १० अंकले वृृद्धि भएको छ । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक ९ दशमलव ८७ अंकले बढेर १,८६० दशमलव २० को विन्दुमा कायम भएको छ । आज १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज मायक्रोफाइनान्स र अन्य उपसूचक बाहेक सबै उपसमुह बढेका छन् । आज दिनभरिमा २९२ कम्पनीको ४४ लाख २० हजार ५१८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज यस कम्पनीले लाभांश घोषणा गरेको थियो । आज यस कम्पनीले लाभांश घोषणामा नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेसँगै लगानीकर्ता निराश भइ शेयर मूलय घटेको हो । आज यस कम्पनकिो शेयर मूलय ४६ रुपैयाँले घटेको हो ।

आज सोनापुर मिनरल्सको ९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुद्धभुमी नेपालका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका हुन् । थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोका लगानकिर्ताले ८ दशलमव ५४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कमपनीका लगानीकर्ताले ८ दशलमव २० प्रतिशतका दरले गुमाएका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS