IME Life New

इन्साइडर ट्रेडिङः गुरु न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर, झन्डै २ करोड बिगोको दोब्बर जरिवाना गर्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरी गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको अभियोगमा रिडी पावर कम्पनीका पूर्वअध्यक्ष विरुद्ध विशेष अदालतमा मुद्दा दाय भएको छ।

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले न्यौपानेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो। न्यौपानेले १ करोड ९९ करोड लाख १० हजार २५२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको विभागले दाबी गरेको छ। सोही रकम बिगो कायम गरी बिगोको दोब्बर जरिवाना गर्न विभागले माग गरेको छ।

Esewa
Crest

विभागले कसुरको मात्राअनुसार कैद सजाय गरी पाउन र सम्पत्ति शुद्धीकरण गरी निःसर्ग गरेको १ करोड १९ लाख १० हजार २५२ रुपैयाँबराबरको सम्पत्ति अनुसन्धानका क्रममा रोक्का राखिएको सम्पत्तिमध्येबाट जफत गर्न विभागले माग गरेको छ।

विभागले रिडी पावरका सीईओ कुबेरमणि नेपालविरुद्ध पनि मुद्दा दाय गरेको छ। उनीमाथि न्यौपानेलाई शेयरको भित्री कारोबारका लागि सहजीकरण गरिदिएको विभागको दाबी छ। नेपाललाई न्यौपानेलाई हुने सजायको आधा सजाय गर्न विभागले माग गरेको छ।

सम्पत्ति शुद्धीकरणको कसुरमा प्रारम्भिक जाँचबुझ तथा अनुसन्धान हुँदा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष न्यौपानेले उक्त कम्पनीको शेयर आफू पदमा बहाल रहेकै बेला २०७७ साल चैत १९ गतेदेखि २०७८ साल साउन २४ गतेसम्म खरिदबिक्री गरेको पाइएको विभागले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS