IME Life New

सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरिएको छ। न्याय परिषद्को मंगलबार बसेको बैठकले सर्वोच्चमा रिक्त न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेको हो। सिफारिसमा परेकाहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनील पोखरेल र बालकृष्ण ढकाल छन्।

सुवेदी, मुसलमान, पौड्याल र ढुंगाना उच्च अदालतका न्यायाधीश हुन्। ढकाल र पोखरेल भने वकिल हुन्। पोखरेल नेपाल बारका पूर्वमहासचिव पनि हुन्। सिफारिस भएका ६ जनाको संसदीय अनुमोदन भएपछि नियुक्ति हुनेछ । सर्वोच्चमा २१ जना न्यायाधीश हुन्छन् । हाल ७ न्यायाधीशको पद खाली रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS