काठमाडौं । अरुण काबेली पावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले मंसिर ४ गते शेयर बाँडफाँड गरेको हो। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयर लिलाम गरेको थियो ।
उक्त शेयरमा १४६ रुपैयाँ १० पैसा भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने १४६ रुपैयाँ १० पैसामा कबुल गर्नेलाई समानुपातिक रुपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँड गरिएको छ छ ।
कम्पनीले असोज ३० गतेदेखि कार्तिक १४ गतेसम्म शेयर लिलाम गरेको थियो। कम्पनीले १ कित्ता शेयर बराबर १ कित्ता अर्थात् १०० प्रतिशत अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निष्काशनको गरेको थियो ।
उक्त लिलामीको शेयरको कट अफ मूल्य १४६ रुपैयाँ १० पैसा कायम भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।