Connect IPS
IME Life

सजिलो ब्रोकर लिमिटेडको प्रथम वार्षिक साधरण सभा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सजिलो ब्रोकर लिमिटेडको प्रथम वार्षिक साधारण सभा आज कार्तिक २५ गते शनिवार सिद्धार्थ कटेज, धोविघाट, ललितपुरमा सम्पन्न भएको छ । साधारण सभाले शेयरधनी गोबिन्द शर्मा गैह्रेको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ। सञ्चालक समितिका अन्य पदाधिकारीहरूमा विपिन गैरे, दिपक ज्ञवाली, सुमन कुमार बोहोरा, सानुमैया महर्जन रहेका छन् ।

उक्त सभामा प्रथम वार्षिक साधारण सभाको लागि समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, सञ्चालक तथा लेखापरीक्षकको नियुक्ती र वार्षिक वित्तीय विवरण छलफल गरि प्रस्ताव पारित गरिएको छ भने संस्थाको पुजि वृद्धिको लागि आवस्यक प्रबन्ध पत्र नियमावली संसोधन गर्न संचालक समितिलाई सम्पुर्ण अधिकार दिएको छ ।

Prabhu
Crest

साथै अध्यक्ष गोबिन्द शर्मा गैह्रेले साधारण सभा सम्पन्न गर्न योगदान दिएका सम्पुर्ण शेयरधनी सदस्यहरु, संचालकहरु, कर्मचारी हरु साथै शुभेच्छुक अतिथिहरु सबैलाई धन्यवाद व्यक्त गरे ।

ब्रोकर कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आधिकारीक रुपमा सजिलो ब्रोकरलाई स्टक ब्रोकर नम्बर ९० को रुपमा सदस्यता पाएको हो । कम्पनिले तिहार लगत्तै आफ्नो बिधिवत्त् रूपमा कारोबार सुभारम्भ गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS