IME Life New

कर्णालीका भूकम्प पीडितलाई सरकारले नगद ५० हजार रुपैयाँ बाँड्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णालीमा हालै गएको शक्तिशाली भूकम्पमा घरबास गुमाएका पीडित परिवारलाई सरकारले प्रति परिवार नगद पचास हजार रुपैयाँ राहत वितरण गर्ने निर्णय गरेको छ। जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ गते राती गएको ६‍.४ रेक्टर स्केल क्षमताको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका ३५ हजारभन्दा बढी परिवार घरबारविहीन भएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा शुक्रबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले तत्काल अस्थायी आवास निर्माणका लागि नगद राहत उपलब्ध गराउने निर्णय गरेको हो । विपद् व्यवस्थापन समितिको बैठकले पीडित परिवारलाई अस्थायी आवास निर्माण गर्न जस्तापाता खरिद लगायत अस्थायी आवास निर्माण सामग्रीका लागि राहत दिने भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS