IME Life New

नयाँ स्टक एक्सचेञ्जका लागि अर्थ समितिको निर्देशन, कसले उछिट्याउला लाइसेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिको शुक्रबार बसेको बैठकले नयाँ स्टक एक्सचेन्जको इजाजत प्रकृया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रदान गर्ने बाटो खुल्ला गरिसकेकाले नयाँ स्टक एक्सचेन्जको इजाजत जारी गर्ने प्रकृया अघि बढाउन उपयुक्त हुने निष्कर्ष समितिले निकालेको हो।

अर्थमन्त्री प्रकाश शरण महतको समेत उपस्थिति रहेको बैठकमा समितिले स्टक्स एक्सचेञ्जलगायतका विषयमा जिज्ञासा राख्दै सरकारलाई इजाजत पत्र वितरणको प्रकृया अघि बढाउन निर्देशन जारी गरेको हो ।

Esewa
Crest

बैठककमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले समितिले चाडपर्वको बिदा हुने माैका छोपेर पुरानो अध्यननका आधारमा हतारहतार निर्णय गर्नुलाई स‌ंहेदास्पद हुने भन्दै असन्तुष्टि जनाएका छन्। ब्रोकर लाइसेन्स, अर्को स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स रोक्न परेको मुद्दालाई सर्वोच्च अदालतले तत्कालका लागि बाटो खुलाइदिएको थियो। वाग्लेले संवेदनशील विषय भन्दै पहिलाको अध्ययनका आधारमा निर्देशन दिन हतार गर्न नहुने भन्दै पुनः अध्ययन गर्नुपर्ने भनेर निर्णय पुस्तिकामा फरक मत लेखेका हुन्।

उनले फरक मतमा लेखका छन्र, ‘विधि पुर्‍याएर आर्थिक सुशासनका आधारभूत सिद्धान्तप्रति कटिबद्ध भई विशुद्ध प्रतिस्पर्धाको कोणबाट दोस्रो स्टक एक्सचेञ्ज स्थापनाको प्रक्रिया छिट्टै अगाडि बढाउन सिद्धान्ततः मेरो असहमति नभए पनि अर्थ समितिको २०८०।०२।२९ को निर्णयप्रति न्याय नहुने, आवश्यक सहजीकरण गरिदिन नेपाल धितोपत्र बोर्डले २०८०।०७।१६ मा पठाएको पत्र समितिमा अग्रिम पेश नगरी, छलफल नगराई, हतार हतार २०८० को दिपावली शुरु हुनुअघि साँझको सात बजे खोटपूर्ण नियतका साथ संगठित तवरले हठात् निर्णय गरेको देखिने भएको र चाडपर्व पछि सार्थक छलफल गरी निर्णय लिँदा अर्थ समिति सन्देहको घेराबाट बाहिर हुने महसुस गरेकोले निर्णय २ प्रति मेरो फरक मत दर्ज गरेको छु।’

यसअघि लेखा समितिको गत जेठ २९ को निर्णय बमोजिम विस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेन्जको इजाजत प्रकृया रोकिएको थियो।समितिले सोही बैठकबाट कामकारबाहीलाई अगाडि नबढाउन नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो।

कुन ग्रुपले हात पार्ला लाइसेन्सः

नयाँ स्टक एक्सचेन्जको इजाजत लिन पृष्ठभूमीमा ठूला व्यवसायीक घरानालाई राखेर दीपक भट्ट, दिपक तिमिल्सिना र सिम्रिक एयरका सञ्चालक रामेश्वर थापा सकृय छन् । भट्टको नेतृत्वमा हिमालयन एक्सचेञ्ज , तिमिल्सिनाको नेतृत्वमा नेशनल एक्सचेञ्ज र थापाको नेतृत्वमा अन्नपूर्ण स्टक एक्सचेन्ज दर्ता समेत गरिएको छ।

यी तीनमध्ये कुनै एक समूहले मात्र इजाजत पत्र हात पार्नेछ।

हाल सरकारी स्वामित्वको एक मात्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) सञ्चालनमा रहेको छ। तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले चुनावी खर्च जुटाउने योजनाका साथ इजाजत वितरण गर्ने तयारी गरेको भन्दै सर्वोच्चमा रिट परेपछि इजाजत पत्र वितरण प्रकृया रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS