काठमाडौं । गत साताको तुलनामा यस साता नेप्से परिसूचक सामान्य बढेको छ । गत साताको तुलनामा नेप्से परिसूचक यस साता ० दशलमव २३ प्रतिशतले बढेको छ । गत साताको अन्तिम दिन कार्तिक १६ गते शेयर बजार १० अंकले घटेर १८४७ को विन्दुमा कायम भएको थियो । यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११ अंकले घटेर १८५२ को विन्दुमा कायम भएको छ ।
यस साताको अन्तिम कारोबार दिन सबै उपसूचकमा गिरावट आएको छ तर, गत साताको तुलनामा यस साता चार उपसूचक घटेका छन् । गत साताको तुलनामा यस साता बैंकिङ समुह ० दशमलव ७२ प्रतिशतले घटेको छ । विकास बैंक उपसूचक ० दशलमव ८२ प्रतिशतले घटेको छ । फाइनान्स उपसूचक ० दशमलव ०२ प्रतिशतले घटेको छ ।
त्यस्तै, गत साताको तुलनामा यस साता होटल्स एण्ड टुरिजम उपसूचक ३ दशलमव ४८ प्रतिशतले बढेको छ । हाइड्रोपावर उपसूचक ० दशमलव ३८ प्रतिशतले बढेको छ । इन्भेष्टमेन्ट उपसूचक ० दशलमव ६१ प्रतिशतले बढेको छ । लाइफ इन्स्योरेन्स उपसूचक १ दशलमव ९१ प्रतिशतले बढेको छ ।
त्यसैगरी उत्पादनमुलक एण्ड प्रोग्रेसिभ उपसूचक १ दशलमव ९१ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स उपसूचक ० दशमलव ७१ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड उपसूचक ० दशलमव ८६ प्रतिशतले घटेको छ । निर्जीवन बीमा उपसूचक ० दशलमव ३१ प्रतिशतले बढेको छ । अन्य उपसूचक १ दशमलव ६७ प्रतिशतले बढेको छ भने ट्रेडिङ उपसूचक १ दशलमव ४० प्रतिशतले बढेकोे छ ।