काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा मंसिर ४ गते देखि आउनेछ । कम्पनीको स्टक सिम्बोल एमएमकेजेएल रहेको छ ।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि प्रतिकित्ता ९६ रुपैयाँ १४ पैसादेखि २८८ रुपैयाँ ४२ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ । यही ओपन रेञ्जको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण शेयरधनी,वैदेशिक रोजागारीमा गएका नेपाली, सामुहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुलाई निष्कासन गरेको ३० लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ७० लाख कित्ता गरेर कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
1699514011142