काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट स्वीकृत पाएको छ । कम्पनीले आयोगबाट १ः१ को अनुपातमा हकप्रद शेयर विक्री गर्नका लागि अनुमति पाएको हो । कार्तिक १९ गते बसेको आयोगको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्काशन सम्बन्धी प्रस्ताव साधारण सभामा पेश गर्न अनुमति दिने निर्णय गरेको हो ।


















