IME Life New

कर्णाली भूकम्प पीडितको राहतका लागी निजी क्षेत्रबाट सहयोगको ओइरो, बुद्ध एयरले रु‍.१ करोड दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्प पीडितको उद्धार र राहतका लागी निजी क्षेत्रबाट सहयोगवापत करोडाै‌ं रूपैयाँभन्दा बढी सहयोगको प्रतिबद्धता व्यक्त गरिएको छ।

बुद्ध एयरले सरकारलाई रु‍. १ करोड दिनेः

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले प्रधानमन्त्री प्रकोप राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । साथै उद्धार सामाग्री तथा राहत सामाग्री ढुवानीका लागी सरकारलाई सहयोग गर्ने प्रतिबद्धता समे जनाएको छ।

Esewa
Crest

मीन बहादुर गुरुङले रु‍ १ करोड ११ लाख दिनेः

भाटभटेनी समूहका अध्यक्ष मीन बहादुर गुरुङले भूकम्प पीडितको राहतका लागी नेपाल सरकारलाई १ करोड ११ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

एनसेलले प्रदेश सरकारलाई रु ५० लाख दिनेः

एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका ग्राहकहरुलाई ४० लाख रुपैयाँ बराबरको माेबाइल सेवाहरु निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । यसरी पाइने सेवामा देशका अन्य नेटवर्क र विदेशमा समेत कल गर्न सकिने सेवा रहने छन् ।

सरकारी स्वामित्वको दूर स‌ंचार प्रदायक नेपाल टेलिकमले ५ दिनसम्म निःशुल्क टेलिफोन सेवा उपलब्ध गराउने भएको छ।

कैलाश हेलिकप्टरले रु १० लाख दिनेः

निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी कैलाश हेलिकप्टरले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ दिने घोषणा गरेको छ।

आयल निगमले हवाई इन्धनको खर्च व्यहोर्नेः

सरकार स्वामित्वको स‌ंस्था नेपाल आयल निगमले राहत तथा उद्धार कार्यका लागी परिचालन गरिने नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाई जहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धनको सम्पूर्ण खर्च सामाजिक उत्तरदायीत्व कोषबाट व्यहोर्ने घोषणा गरेको छ।

यसैगरी सिटिजन्स बै‌ंकले भूकम्प प्रभावित क्षेत्रका लागी  प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रूपैयाँ आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले भूकम्प प्रभावित दुबै जिल्लामा राहतका लागी ५-५ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरिसकेको छ। कोशी प्रदेश सरकारले पनि १ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ।
शुक्रबार मध्यराती गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा कूल १५७ जनाको ज्यान गइसकेको कर्णाली प्रदेश सरकारले जानकारी दिएको छ। यो मध्ये

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS