IME Life New

बीमकको त्रैमासिक वित्तीय विवरणसम्बन्धी नयाँ निर्देशन, सहायक कम्पनीको पनि विवरण समावेश गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको त्रैमासिक वित्तीय विवरणमा समावेश गरिने विवरणहरुमा नीतिगत परिवर्तन गरेको छ। प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण तयार पार्दा नै परिमार्जित निर्देशन अनुसारको विवरण तयार पार्न निर्देशन जारी गरिसकेको छ।

प्राधिकरणले दिएको निर्देशन अनुसारको वित्तीय विवरण तयार पार्नका लागी अहिले बीमकको लेखा विभागका कर्मचारीलाई सकस परेको छ। प्राधिकरणले गत असोज २२ गते बीमकको लेखा प्रणालीमा नीतिगत परिवर्तनसँगै बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका जारी गरेको थियो । साेही निर्देशिका अनुकूल हुने गरी प्राधिकरणले त्रैमासिक वित्तीय विवरण समेत लङ फर्म अडिट रिपोर्ट फर्म्याटमा तयार पारेर प्रकाशन गर्न निर्देशन दिएको छ।

Esewa
Crest

प्राधिकरणले त्रैमासिक स‌ंक्षिप्त वित्तीय विवरण र विस्तृत वित्तीय विवरण बेग्ला बेग्लै तयार गर्न निर्देशन जारी गरेको छ। बीमकको त्रैमासिक वित्तीय विवरण सम्बन्धी निर्देशनमा त्रैमासिक स‌ंक्षिप्त वित्तीय विवरण कम्तीमा एउटा राष्ट्रिय दैनिक पत्रिकामा र विस्तृत त्रैमासिक वित्तीय विवरण आधिकारिक वेबसाइटमार्फत् प्रकाशन गर्नुपर्ने प्रावधान छ।

Quarterly-Financials-Circular-2080-Combined

निर्देशनमार्फत् पहिलो पटक बीमकले सहायक कम्पनीको समेत वित्तीय विवरण समावेश गर्नुपर्ने प्रावधान लागू गरेको छ। अन्य कम्पनीमा १५ प्रतिशतभन्दा बढी शेयर लगानी गरेका बीमकले त्रैमासिक वित्तीय विवरणमा समूहको वित्तीय विवरण पनि समावेश गर्नुपर्ने भएको छ। प्राधिकरणले बीमकको लगानी सम्बन्धि निर्देशन २०७९ जारी गरेयता बीमा कम्पनीहरुले मुद्दती निक्षेप बाहेक विभिन्न व्यवसायमा समेत उल्लेख्य लगानी गर्न थालेका छन् । बीमकको लगानी हवाई, पर्यटन, जलविद्युत, कृषी, सूचना प्रविधि, घरजग्गा लगायत विभिन्न क्षेत्रमा हुन थालेपछि प्राधिकरणले वित्तीय विवरण ती लगानीको अवस्थाबारे पनि खुलाउनुपर्ने प्रावधान समावेश गरेको हो ।

यसैगरी बीमकले त्रैमासिक विवरणमा अबदेखि अन्य वित्तीय विवरणमा सकृय बीमालेख स‌ंख्या, नविकरण बीमाशुल्क, कुल भुक्तानी गरिएको दाबी स‌ंख्या, भुक्तानी गर्न बाँकी रहेको दाबी स‌ंख्या, प्रथम् बीमाशुल्क, एकल बीमाशुल्क, दीर्घकालीन लगानी, अल्पकालीन लगानी समेत समावेश गर्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS