IME Life New

माण्डु हाइड्रोपावरले घोषणा गर्यो लाभांश, साधारण सभा मंसिर १५ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले मंसिर १५ गते उक्त प्रस्ताव पारित सहित साधारण सभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/०८० सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७९ / ०८० को लेखापरिक्षकको प्रतिवेदन, २०६० असाढ मसान्त सम्मको बासलात र आ।व। २०७९ /०८० को आयव्ययविवरण र सोही अवधिको नगद प्रवाह लगायत वित्तिय विवरण उपर छलफल गरि स्विकृत गर्नेछ ।

सभाले आर्थिक वर्ष २०६०/०६१ को कारोबारको हिसाव लेखापरिक्षण गर्नका निमित्त लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सभाले सवसाधरण समूह बाट १ जना संचालकको निर्वाचन एवं संस्थापक तर्फको संचालक नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पतरित गर्नेछ ।

सभाले संचालक समितिको प्रति बैठक भत्ता निर्धारण गराउने प्रस्ताव पारित गर्ने , कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको ठेगाना दफा (२) संशोधन गर्ने सम्बन्धी प्रस्ताव परित गर्ने, कम्पनीको नियमावलीमा ३८ (३) संचालक समितिको बैठक सम्बन्धी कार्यविधिमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS