IME Life New

बीमा प्राधिकरणले आयोजना गर्न लागेको प्रदेश स्तरीय निबन्ध प्रतियोगिताको म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गर्न लागेको प्रदेश स्तरीय निबन्ध प्रतियोगिताको म्याद थप गरेको छ । उक्त प्रतियोगिताको समय अवधि कार्तिक १५ गतेसम्म रहेकोमा अब उक्त म्याद थप गरी मंसिर मसान्तसम्म बनाएको हो । प्राधिकरणले बीमा सचेतना तथा बीमा प्रवद्र्धनको लागि निबन्ध प्रतियोगिता गर्न लागेको जनाएको हो । उक्त प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले आर्थिक विकासमा बीमाको महत्व, बीमाको विकासमा सूचना प्रविधिको भूमिका, बीमाको विकास तथा विस्तारमा बीमा सचेतनाको महत्व कुनै एक शिर्षकमा निबन्ध लेखी नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयमा पेश गर्नुपर्ने हुन्छ ।

प्रतियोगिताका विभिन्न नियमहरु रहेका छन् 
१ प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धी कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत भएको हुनु पर्नेछ । प्रतियोगीको अध्ययनरत शैक्षिक सँस्थाको ठेगानाको आधारमा प्रदेश निर्धारण गरिनेछ । जस्तैः सुदूरपश्चिम प्रदेश स्थायी घर भइ हाल काठमाण्डौमा अध्ययनरत विद्यार्थी बाग्मती प्रदेशबाटै प्रतियोगी हुनेछ ।
२ लेखनको भाषा नेपाली वा अंग्रेजी मध्ये एक हुनु पर्नेछ । नेपाली भाषा भए प्रिती फन्ट १६ साइज र अंग्रेजी भाषा भए Times New Roman फन्ट १२ साइजमा हुनु पर्नेछ ।
३ निवन्ध बढीमा १५०० शब्दको हुनु पर्नेछ ।
४ प्रतियोगिताको सूचना प्रकाशन भएको मितिले २५ दिन भित्र निवन्ध उपलब्ध गराउनु पर्नेछ । ५ पेश हुन आउने निवन्ध आफ्नै मौलिक श्रृजना हुनु पर्ने र यस अघि अन्य कुनै पत्रपत्रिकामा प्रकाशित नभएको हुनु पर्नेछ ।
६ प्रतियोगीले आफ्नो श्रृजना प्राधिकरणको इमेलमा पेश गर्नु पर्नेछ । निबन्ध पेश गर्दा प्रतियोगीको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र अध्ययन गरिरहेको संस्थामा परिचय खुल्ने कार्ड संस्थाको पत्र पनि संलग्न गरी पठाउनु पर्नेछ । अन्यथा उक्त निवन्धलाई प्रतियोगितामा समावेश गरिनेछैन ।
७ पेश हुन आएको निबन्धलाई विषय विज्ञबाट मूल्याङ्कन गराइनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS