काठमाडौं । आज साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १० दशमलव ८६ प्रतिशतले घटेर १,८४७ दशलमव ७० को विन्दुमा कायम भएको छ । आज ४० कम्पनकिो शेयर मुल्य बढेको छ भने १९० कम्पनीको मुल्य घटेको छ ।
आज ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर किनबेच भएको छ । आज कम्पनीको १० करोड १० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ ।
त्यस्तै, प्राइम कमर्सियल बैंकको ६ करोड ४५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको २ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।