काठमाडौं । हिजो सामान्य बढेको बजार आज भने दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव २९ अंकले घटेर १,८६४ दशमलव ४० को विन्दुमा कायम भएो छ । आज ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ५७ करोड १४ लाख ८३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सूर्यज्योति लाइफको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्टाण्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।