काठमाडौं । आज बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यस शेयर कात्तिक १२ गते देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल एसओएनए रहेको छ ।
कम्पनीले सर्वसाधारण बैदेशिक रोजगारीमा रहेका नेपाली सामुहिक लगानी कोष र कर्मचारीहरुको लागि निष्कासन गरेको कुल १ करोड २३ लाख २ सय कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड ८४ लाख ५० हजार ३ सय कित्ता गरेर कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको आइपीओलाई पहिलो कारोबारको लागि १४२ रुपैयाँ ०१ पैसादेखि ४२६ रुपैयाँ ०३ पैसा सम्मको ओपन तोकेको छ । यही ओपन रेञ्जका आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआइएमबि एस क्यापिटलबाट हुने जानकारी दिएको छ ।
1697705779438