काठमाडौं । आज दशैं अघिको अन्तिम कारोबार सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव ०५ अंकले घटेर १,९०३ को विन्दुमा कायम भएको छ । हिजो भारी अंकले बढेको बजारमा आज भने सामान्य गिरावट आएको हो । आज ८० कम्पनीको शेयर मुल्य बढेको छ भने १५० कम्पनीको मुल्य घटेको छ ।
आज ९७ करोड ६ लाख १२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको ५ करोड ९० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको हो । त्यस्तै, प्रभु बैंकको ५ करोड १५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।