IME Life New

आजदेखि अरुण काबेली पावरले अवितरित हकप्रद लिलामीमा विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो।

कम्पनीले सर्वसाधारण समूहको २० लाख १४ हजार ८१७ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागेको छ। उक्त शेयर खरिदका लागि ईच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले असोज ३० गतेदेखि कात्तिक १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

Esewa
Crest

शेयरको न्यूनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका विराटनगरको रंगेलीरोड, महोत्तरीको जलेश्वर, ललितपुरको सातदोबाटो, भक्तपुरको सुर्यविनायक, कास्कीको पोखरा, बाँकेको कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS