IME Life New

नेराेल्याक पेन्टस् जस्तै ब्राण्ड चाेरीको अर्काे काण्ड, मतियार बन्यो उद्याेग विभाग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मार्बल र ग्रेनाइट उत्पादन गर्दै आएकाे भारतको प्रसिद्ध कम्पनी स्टोनेक्सकाे एसआरएस ब्राण्ड बाराकाे रामपुरटाेकनीस्थित रुकमनी इण्डष्ट्रिज प्रालिले उद्याेग विभागमा आफ्नाे नाममा दर्ता गराएको छ। स्टोनेक्स कम्पनीका उत्पादनहरुका लागी नेपालस्थित अधिकृत बिक्रेता रहेको रुकमनी ग्रुपले आफ्नाे आपूर्तीकर्ता कम्पनीसँगै धाेखाधडी गर्दै रुकमनी इण्डष्ट्रिज प्रालि अन्तर्गत यो ब्राण्ड दर्ता गराएकाे हाे ।

Esewa
Crest

बैजनी र हरियाे-निलाे देखिने घेराभित्र इस्टाेन रिइन्फाेर्मसमेण्ट टेक्नाेलाेजी शब्द र अंग्रेजी वर्णमालाकाे एसआरटी अक्षर दर्ताका लागी रूक्मनी इण्डष्ट्रिजले उद्याेग विभागमा गत भदाै २७ गते आवेदन दर्ता गराएकाे हाे । विभागले असाेज २२ गते प्रकाशन गरेकाे औद्याेगिक सम्पत्ती बुलेटिनमा क्रमा‌ंक २५२ र २५३ मा यो ब्राण्ड उल्लेख गर्दै ब्राण्डकाे वास्तविक धनीलाई ९० दिनभित्र दाबी विराेध गर्न सूचना जारी गरिएकाे छ।

रुक्मिणी ग्रुपले व्यापारिक साझेदारीमा धाेकाधडी गर्दै भारतको स्टाेनेक्स ब्राण्ड समेत यसअघि नै आफ्नाे भ्रातृ स‌ंस्थाको नाममा दर्ता गराई सकेको छ। स्टाेनेक्स ब्राण्ड दर्ता पछि हाै‌ंसिदै अब एसआरटी दर्ता गरेकाे हाे ।

मार्बल टायल्स लगायतका गृह निर्माणमा प्रयोग हुने सामाग्रीमा उच्च आयात शुल्कका कारण नेपालमै भारतका प्रसिद्ध ब्राण्डको टायल्स उत्पादनको तयारी शुरु भइसकेको छ। भविष्यमा भारतीय मार्बल उद्याेगहरु समेत नेपालमै उत्पादनका लागी आउने स‌ंभावनालाई देखेर ब्राण्ड कब्जा गर्दै लगानीमा साझेदारी खोज्ने ध्याउन्नमा रुक्मनी ग्रुप सकृय भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS