काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव १६ अंकले घटेर १,८७४ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मुल्य बढेको छ भने २१० कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २९२ कम्पनीको ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको १६ करोड ३८ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको ४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर र मिड सोलुका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हाथवे इन्भेटमेन्टका लगानकिर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिटिी होटल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९ प्रतिशतका दरले गुमाएका छन् ।