IME Life New

गुलियाे चिनीकाे तीताे दाम, कालाेबजारी नियन्त्रण गर्न नसक्दा मारमा उपभाेक्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कालाबजारी नियन्त्रण गर्न नसक्दा बजारमा चिनीकाे कृत्रिम अभाव देखिएकाे छ। पीडित उपभाेक्ताका अनुसार बजारमा व्यापारीहरुलाई महँगाे मूल्य भुक्तानी गर्दा मागे जति दिने चिनी उपलब्ध छ।

चिनीकाे कृत्रिम अभाव सिर्जना गरेर कालाबजारी गरेकाे आराेपमा कुलेश्वरबाट व्यापारी सन्ताेष अग्रवाल(खेतान) लाई ७० हजार क्वीन्टल चिनी सहित पक्राउ गरेपनि सामान्य जरिवाना गरेर छाेडेपछि कालाबजारीलाई प्राेत्साहन मिलेकाे छ। स्थानीय बजारमा दशै‌ंदेखि चिनीकाे माग बढ्दै गएर तिहार पर्वमा उच्च बिन्दूमा पुग्ने गरेकाे छ। व्यापारीले जनैपूर्णिमा देखि नै चिनीकाे कृत्रिम अभाव शुरू गरेर ९५ देखि १०० रूपैयाँ प्रतिकिलाे दरकाे चिनी १२० देखि १४० रूपैयाँ प्रतिकिलाेका दरले बिक्री गरिरहेका छन् ।

Esewa
Crest

उपभाेक्ताका अनुसार प्रतिकिलाे १४० रुपैयाँका दरले भुक्तानी गर्दा मागे जति चिनी पाइएकाे छ। तर यस्ताे बिक्रेताले बिल बिजक नभएकाे वा बिजक नपाइने भन्दै बिजक दिन नमानेकाे उपभाेक्ताकाे भनाई छ। स्थानीय डिपार्टेमण्ट स्टाेरले प्रति उपभाेक्ता प्रति दिन १ किलाेग्रामका दरले चिनी मात्र दिएका छन् । देशभरका ठूला चिनी उद्याेग र आपूर्तीकर्तासँग व्यापारीक सम्बन्ध रहेकाे भाटभटेनी सुपर स्टाेरले समेत आफ्नाे स्टाेरबाट चिनी बेच्न छाडेकाे छ।

चिनीकाे सबैभन्दा ठूलाे माग हुने काठमाडाै‌ं उपत्यकाका गाेदाममा व्यापारीले अझै पनि ठूलाे परिमाणमा चिनी लुकाएर राखेका छन् । वाणिज्य विभागले ताहाचल, सीतापाइला, ग्वार्काे, चापागाउँ, सातदाेबाटाे, बालकुमारी, काैशलटार, काेटेश्वर, कलंकी, स्वयम्भू र आसपासकाे गाेदाममा भण्डारण गरेर कृत्रिम अभाव सिर्जना गर्नका लागी लुकाइएकाे चिनी बरामद गर्न चासाे देखाएकाे छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS