IME Life New

पूर्वधार निर्माण परियाेजनामा सञ्चय काेषकाे लगानी ८१ अर्ब रूपैयाँ भन्दा बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानी याेग्य पाँच खर्ब रुपैयाँभन्दा बढी काेषकाे धनी रहेकाे कर्मचारी सञ्चय काेषले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा लगानीमार्फत् समग्र अर्थतन्त्रमा उल्लेख्य याेगदान पुर्याएकाे छ। काेषले जलविद्युत परियाेजना, हवाई सेवा, पूर्वाधार निर्माणमा ८१ अर्ब ५० कराेड रूपैयाँभन्दा बढी लगानी गरेकाे छ।

काेषले नेपाल विद्युत प्राधिकरणले प्रवर्द्धन गरेको ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौ‌ं जलविद्युत आयोजनामा १३ अर्ब ७४ करोड ७ लाख रूपैयाँ कर्जा प्रदान गर्न ऋण सम्झौता गरेकाे छ । यसैगरी काेषले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा गरेकाे लगानीमध्ये गत आर्थिक वर्षमा कर्जाको ब्याज र किस्तावापत २ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी पाएकाे छ । माथिल्लाे तामाकाेशी जलविद्युतले अघिल्लाे आर्थिक वर्षबाट व्यवसायीक उत्पादन शुरु गरेर आम्दानी गरेसँगै काेषकाे साँवा र ब्याज रकमकाे किस्ता भुक्तानी थालेकाे हाे ।

Esewa
Crest

यसैगरी आवास, विद्युत विकास तथा पूर्वाधार क्षेत्रका आयोजनाहरूमा कोषको लगानी अभिवृद्धि गर्ने नीति अनुरुप आर्थिक वर्ष २०७९।८० मा ८ वटा आयोजनामा कोषले एकल तथा बैंकको सहवित्तीयकरण मार्फत कर्जा प्रवाह गर्ने गरी ७ अर्ब १८ करोड कर्जा स्वीकृत गरेको छ ।

गत आवमा कोषबाट कुल ६ अर्ब ९८ करोडको कर्जा प्रवाह भएकोमा साविकमा ऋण लगानी भई निर्माणाधीन अवस्थामा रहेका रसुवागढी, साञ्जेन, मध्य भोटेकोशी लगायतका सार्वजनिक क्षेत्रबाट प्रवद्र्धित जलविद्युत आयोजनाहरूलाई थप ३ अर्ब ५ करोड दीर्घकालीन कर्जा प्रवाह गरेकाे छ ।

लामो समय कर्जाको किस्ता नियमित नगरेको नेपाल एयरलाइन्सबाट गत आवमा १ अर्ब ८७ करोड ३८ लाख रुपैयाँ असुली गरिएकाे काेषले जानकारी दिएकाे छ।

आर्थिक वर्ष २०७९।८० मा विभिन्न संस्थाको संस्थापक शेयरमा कुल ५० कराेड ४० लाख रुपैयाँ थप लगानी गरिएको विशेषा‌ंकमा उल्लेख छ । काेषले गत आवमा मात्र वाणिज्य बैंकहरुबाट जारी ऋणपत्रमा कूल २ अर्ब १७ करोड ८० लाख रुपैयाँ लगानी गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS