काठमाडौं । आज शेयर बजारमा सामान्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ५ दशलमव १६ अंकले बढेर १,८९४ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १३७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८५ कम्पनीको शेयर मुल्य मात्रै घटेको छ । आज उत्पादनमुलक, निर्जीवन बीमा उपसूचक र ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् ।
आज १ अर्ब ८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार हुँदा माण्डु हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ४ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।