काठमाडौं । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको मंगलवार बसेको संचालक समितिको बैठकले आज असोज २४ गते कम्पनीको रजिष्ट्रार कार्यालयमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा उक्त दिन बिहान १० बजेबाट शुरु हुनेछ । सभामा कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने प्रस्ताव पेश हुनेछ । साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक तोक्नेलगायत विभिन्न प्रस्तावहरू पारित गरिने छ ।
काबेली हाइड्रोपावरले ताप्लेजुङमा २१.९३ मेगावाटको काबेली–३ जलविद्युत परियोजना निर्माण गरिरहेको छ ।