IME Life New

चिलिमे इन्जिनियरिङले पनि आइपिओ ल्याउँदै, पायाे त्रिपल बी रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिलिमे इन्जिनियरिङ लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्नका लागी क्रेडिट रेटिङ गराएकाे छ। रेटिङ एजेन्सी इक्रा नेपालले गरेकाे मूल्या‌ंकनमा चिलिमे इन्जिनियरिङले त्रिपल बी पाएकाे छ। याे स‌ंकेतले वित्तीय दायीत्व समयमै पुरा गर्नका लागी कम्पनी सबल रहेकाे अवस्थालाई जनाउँछ।

चिलिमे इन्जिनियरिङले जलविद्युत आयाेजना निर्माणका लागी आवश्यक पर्ने सम्पूर्ण प्राविधिक सेवा उपलब्ध गराउँदै आएकाे छ । जलविद्युत निर्माणकाे स‌ंभाव्यता अध्ययन, निर्माणकाे विभिन्न चरणहरूमा परामर्श सेवा उपलब्ध गराइरहेकाे छ। याे कम्पनी चिलिमे जलविद्युत आयाेजनाकाे शतप्रतिशत स्वामित्व भएकाे कम्पनी हाे ।

Esewa
Crest

जलविद्युत आयाेजना निर्माणमा सार्वजिनक र निजी क्षेत्रकाे बढ्दाे लगानीसँगै इन्जिनियरिङकाे सेवाकाे माग समेत बढ्ने भन्दै इक्रा नेपालले मूल्या‌ंकनका लागी याे सकारात्मक पक्ष भएकाे उल्लेख गरेकाे छ । इक्रा नेपालका अनुसार नेपाल विद्युत प्राधिकरण मुख्य लगानीकर्ता रहेकाे, कर्जाकाे दबाब न्यून भएकाे र वासलातमा नगद माैज्दात समेत पर्याप्त रहेकाले यसकाे वित्तीय पक्ष सबल रहेकाे छ । निकट भविष्यमै निष्काशन गर्न लागिएकाे प्राथमिक शेयरले पूँजीगतरूपमा थप बलियाे बनाउने रेटिङ एजेन्सीले जारी गरेकाे विज्ञप्तीमा उल्लेख गरेकाे छ। इन्जिनियरिङले २ लाख ९७ हजार कित्ता आइपिओ निष्काशन गर्ने तयारी गरेकाे छ। शेयर निष्काशनका लागी सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन प्रबन्धक समेत नियुक्त गरि सकेकाे छ।

गत वर्ष इन्जिनियरिङले परामर्श सेवाबाट १५ कराेड ५० लाख रुपैयाँ आम्दानी गरेकाे छ। अघिल्लाे आर्थिक वर्ष २०७८।७९ काे तुलनामा गत आवकाे काराेबार २८ प्रतिशतले वृद्धि भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS